
काठमाडौं । हाल देशभर पश्चिमी वायू र स्थानिय वायूको आंशिक प्रभाव देखिन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
सोमबार दिउँसो, पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहिरहने र बाँकी भू–भागमा आंशिक बदली तथा मौसम सफा रहने अनुमान गरिएको छ । दिउँसोको समयमा देशका उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
सोमबार राति, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहिरहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे