
काठमाडौं, १९ फागुन । आइतबारदेखि देशभरि मौसम सफा रहेको छ। शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अधिकांश स्थानमा मौसम बदली र वर्षा भएको थियो। आइतबारदेखि यो प्रणाली हटेपछि मौसममा सुधार आएको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार सोमबार पनि मौसम सफा रहने अपेक्षा गरिएको छ। आज बिहानैदेखि अधिकांश भूभागमा मौसम सफा छ।
दिउँसोको समयमा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली हुने छ, जबकि बाँकी भूभागमा मुख्यत: मौसम सफा रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ, र बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे