
काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहँदा अन्य क्षेत्रमा मौसम सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ।
विभागका अनुसार आगामी २४ घण्टाभित्र नेपालमा वर्षा वा हिमपात गराउने कुनै प्रणाली सक्रिय छैन। साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे