
काठमाडौँ,१० माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ, जबकि बाँकी भूभागमा मौसम सफा रहेको छ। तराइका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना पनि रहेको छ। राति कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी भागमा हल्का हिमपातको संभावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे