
काठमाडौँ, १२ चैत । आज तीन वटा संसदीय समितिहरूको बैठक एकै समयमा बस्नेछ। बिहान ११ बजे अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदनमाथि छलफल हुने छ।
त्यस्तै, बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि गहिरो छलफल हुनेछ। दिउँसो ३ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, वि.पी र अरनिको राजमार्गसहितका राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे विस्तृत छलफल हुनेछ। यी बैठकहरूले सम्बन्धित विधेयक र परियोजनाबारे महत्वपूर्ण निर्णयमा पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे