
काठमाडौं, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दामा सर्वोच्च अदालतले मुद्दा नचलाउने कारण देखाउ आदेश जारी गरेको छ। न्यायायाधीश हरि फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउनु पर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध सोमबार युवराज पौडेल सफल सर्वोच्च पुगेका थिए।
मंगलबारका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई बुधबारका लागि सारिएको थियो ।
न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा सुनुवाई नगर्ने बताउनु भएको थियो । लामिछानेको मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे