
काठमाडौँ ,८ जेठ | काठमाडौँ महानागरपालिकाका मेयर बालेन साहले महानगरपालिकाका कुनै पनि कर्मचारीमाथि अपमान महनागरले नसहँने बताएका छन् । काठमाडौँ महानगरपालिकाको फोहोरको गाडी चलाउने ४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिइ रिहाई पछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
उनले फेसबुकमा लेखेका छन् , “जो कोहीले यत्ति बुझ्नुहोला ( पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे