
काठमाडौँ , ३० भदौ । सांसद अवरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच आज छलफल भएको थियो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरू उपस्थित थिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायम राख्ने बताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी० केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । नेकपा एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए ।
सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराएर बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए । माओवादीले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे