
काठमाडौँ, साउन १७ । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन ।
बैठकमा बोल्दै नेकपा९एकीकृत समाजवादी०का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन । गृहमन्त्री लेखकले भने , ‘‘प्रहरी राम्रो बनाउनुपर्यो । अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डिआइजी गएर इन्सपेक्टर त आएको होइन होला नि । अर्को डिआइजी आएको होला नि । त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु ।’’गृहमन्त्री लेखकले सदाचार नीति जारी गर्न ढिला भइसकेको उल्लेख गर्दै सरकारलाई नीति पारित गरि जारी गर्नका लागि समितिबाट सुझावको आवश्यकता रहेको बताए ।
उनले भने, ‘सदाचार भनेको मानिसलाई भित्रबाट राम्रो गर्नका लागि उत्प्रेरित गर्ने विषय हो । त्यसैले व्यक्तिको प्रक्रियालाई ठिक गर्नका लागि ल्याउन आवश्यक रहेको नीति हो सदाचार नीति । यो आवश्यक छ, जरुरी छ र सरकार नीतिलाई पारित गरि लागु गर्नका लागि प्रतिवद्ध छ । ढिलो भएको भएपनि पारित गरि लागु गर्नका लागि प्रतिवद्धता जनाउन चाहन्छु । यसका लागि सम्मानित समितिबाट सुझाव सल्लाहदेखि सबै कुरा होस् भन्न चाहन्छु ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे