
काठमाडौँ , २१ असोज । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा नं. १२ कलाँती भूमिडाँडाको रोशी बजार र बेथानचोक गाउँपालिका वडा नं. ४ का पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थानको स्थलगत निरीक्षण गर्नुभएको छ। बाढीले सो क्षेत्रमा ठूलो धनजनको क्षति पु¥याएको छ। मन्त्री लेखकले स्थानीय बासिन्दासँग कुरा गर्दै उनीहरूको अवस्था बुझ्नुभएको छ।
पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोले नगरमा उत्पन्न समस्याबारे जानकारी गराउनुभएको छ, जसमा आवास, खाद्यान्न र स्वास्थ्यमा पर्ने असर र नगरपालिकाले गरिरहेको उद्धार र राहतसम्बन्धी कार्यहरू समावेश छन्। बेथानचोकका अध्यक्ष भगवान अधिकारीले बाढीले नागरिकलाई ल्याएको कठिनाई र उद्धार सेवाबारे जानकारी दिएका छन्।
गृहमन्त्री लेखकले आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भइ रोशी खोलाले गर्दा आएको क्षतिका विषयमा थप निरीक्षण गर्ने योजना बनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे