
काठमाडौँ , १६ जेठ | कोशी प्रदेशको सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको पेशी आज तोकिएको छ। गत वैशाख २७ मा हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्की भने २६ वैशाखमा पदमुक्त भएका थिए । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन सर्वोच्च अदालतमा दायर गरेको छन् । २०८० २७ असोज मा मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पतमा परेका थिए।
२५ वैशाख २०८१ सम्म उनले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको भन्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए । २७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे