
काठमाडौँ , १६ साउन | गत असार २८ गते भरतपुर महानगरपालिका(२९ स्थित सिमलतालबाट खसेको दुई वटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न गृह मन्त्रालयले चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेको बताएको छ ।
सशस्त्र प्रहरीको गोताखोर बस र यात्रु खोज्न असफल भएपछि सरकारले भारत सरकारसँग आग्रह गरेर भारतीय गोताखोर मगाएको थियो। पहिरोको लेदोसँगै बगेर त्रिशूलीमा यात्रुसहित हराएको बस खोज्न भारतीय गोताखोर समेत असफल भएर फिर्ता गइसकेको छ।
बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् । बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृह सचिव एकनारायण अर्यालले बुधवार हराएको बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको जानकारी दिए।
अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जनशक्तिले बस खोज्ने प्रयासमा रहेका छन् तर निरन्तर वर्षाका कारण नदीमा पानीको सतह बढेको र पनि धमिलो हुँदा बस र यात्रुहरू फेला परेका छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे