
काठमाडौँ , असोज १० । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सरकारले तीन जना उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको छ। यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका तीन जना उम्मेदवारलाई फेरि कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।
अर्थ मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार, अध्यक्ष सिफारिस समितिको निर्णयअनुसार सर्टलिस्टमा परेका कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईँ र डा. नवराज अधिकारीलाई असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय, सिंहदरबारमा उपस्थित हुन भनिएको छ।
यी उम्मेदवारहरूलाई यसअघि दुई पटक अन्तर्वार्ता र कार्यप्रस्तुतिका लागि बोलाइएको भए पनि उनीहरूले उपस्थित भएका थिएनन्। यसअघि दुई पटकसम्म उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइएको भएपनि उनीहरू पुगेका थिएनन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे