
काठमाडौँ , २४ जेठ | नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । शर्माले अदालतको फैसला सुसूचित गरेर सरकारले लामिछानेको भिसाका लागि पहल गर्नुपर्ने भए पनि त्यसो नगरेकोमा सरकारले गलत गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले हिजो आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनु हुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न जान पाउने अवस्थामा सरकार बनाउँन नसकेको उनले बताए ।
उनले सरकारले समयमै उचित पहल नगरेको आरोप समेत लगाए । उनले भने , ‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रन हुन्न हामी कयौंले भन्यौं, तर अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने विश्वकप खेलिरहेको हुनुपर्थ्यो, आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे