
काठमाडौं, जेठ २० । संघीय सदनमा आजबाट बजेटमाथिको छलफल सुरु हुँदै ञ् (संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक बर्ष २०८१र८२को बजेट माथिको छलफल आजबाट सुरु हुने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज ११ वजेको लागि बोलाइएको छ ।
दुबै सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ । प्रकाशित कार्यसूचिमा राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्ने उल्लेख गरिएको छ ।बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१र८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ । जेठ १५ गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम विनियोजन गरेका थिए । यसैवीच नेकपा एमाले संसदीय दलको बैठक हिजो बस्यो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे