
काठमाडौँ, माघ १८ गते। वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरूमा वृद्धि देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीन हजार ४०५ ठगीका घटनाहरू दर्ता भएका छन्, जसको तुलना गत वर्षको समान अवधिसँग गर्दा ७७६ घटनाले वृद्धि भएको छ।
विभागले २४ करोड ६७ लाख रुपियाँ क्षतिपूर्ति भुक्तानी गरेको जनाएको छ, र ठगीका घटनामा वृद्धि भएको देखापरे पनि उजुरीको फस्र्योट दर आठ प्रतिशतले घटेको छ। विभागका अनुसार अधिकांश ठगी घरपरिवारका सदस्य, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीका एजेन्टबाट हुने गरेका छन्।
सम्प्रति, युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूमा वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरू बढी देखिएको छ। विभागले प्रमाणित घटनामा मात्रै कारबाही र क्षतिपूर्ति प्रदान गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे