
काठमाडौँ, भदौ ११ ।राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले डा। मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।
पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पदबाट हटाएको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा पनि ढकालले ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए ।
आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । जिल्ला – जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावमा आधारित रही ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे