
काठमाडौं, २३ जेठ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समयदेखि रोक्का रहेको नवीकरण सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएको छ । व्यवसायीहरुले क्रसर, खानी तथा वालुवा उद्योगहरुको नवीकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएका छन् ।
महासंघका महासचिव पुरुषोत्तम रेग्मीले आफना माग पूरा नभएसम्म उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका सवारी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने बताएका छन् । क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगहरु सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार रहेकाले नवीकरण प्रक्रिया अघि बढाउन महासंघले आग्रह गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे