
काठमाडौँ, जेठ २० । कांग्रेस सांसद रामहरी खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानून विपरित हुकुमी शासन सुरु गरेको भन्दै सरकारको जवाफ माग गरेका छन् ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरी नियमावली विपरित आफूखुसी काम गरेको भन्दै विरोध गरेका हुन् । खतिवडाले गृहमन्त्री लामिछानेले मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् ।
उनले भने, ‘एकजना उपप्रधानमन्त्रीले ट्राफिक महिला दिदीबहिनीहरुलाई पिरिएडको समय चार दिन बिदा दिने कामको सुरुवात गर्नुभएछ । कानून बनाएर गर्दा यो असाध्यै राम्रो काम हो । हामी स्वागत गर्न चाहान्छौं । तर, देश हुकुमी शासनमा होइन कानून अनुसार चल्नुपर्छ ।’
यस्तै खतिवडाले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवकको रूपमा एक घण्टा सडकमा खटाउने गृहमन्त्री लामिछानेको विवादास्पद निर्णयप्रति पनि असन्तुष्टि जनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे