
काठमाडौं, १५ जेठ ।आज दिउँसो एक बजेलाई तय भएको बजेट भाषण सरेको छ। बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो । मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नुपर्ने भएकाले सरकारको अनुरोधमा संयुक्त बैठक दुई घन्टा पछि सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।
बजेट भाषण दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ । बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक भने दिउँसो २ बजे बोलाइएको छ। अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्ने छन् ।
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे