
काठमाडौँ, चैत १५ । चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो । होलीको रमझममा पुल माथिबाट शाहीसँगै १६ जनाले नदीमा हाम फालेका थिए ।
लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय शाही होलीको दिन कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनालगत्तैदेखि उनको खोजी कार्य सुरु गरिएको थियो । पुलमा खटिएका प्रहरीलाई युवाको समूहले फोटो खिच्छौ भनेर अघि बढेका थिए र एकाएक पुलमाथिबाट पालैपालो नदीमा हाम फालेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे