
काठमाडौँ १२ चैत | सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ। सर्वोच्चले बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा। कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
सरकारले सम्बन्धका लागि आशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकेको थियो । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि उक्त कलेजले सञ्चालनका लागि सम्बन्धन पाएको छैन ।
योसँगै प्रसाईँको लगानीमा रहेको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ । दुर्गा प्रसाईको मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।प्रसाईंले २१ असार २०७७ मा प्रसाइँले विश्वविद्यालय, आयोगसमेतलाई विपक्षी बनाइ रिट दायर गराएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे