
काठमाडौँ, वैशाख १७ । नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ अहिलेसम्म ११ हजार ९ मतसहित अगाडि छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले खड्काले ७ हजार २ सय ७५ मत ल्याएका छन्। सुहाङ कांग्रेसका खड्काभन्दा ३७३४ मतले अगाडि छन्। फाकफोकथुमका सात, चुलाचुलीका छ र माङ्सेबुङ गाउँपालिकाका चार वटा वडाको गणना भइसकेको छ ।
रास्वपाका उम्मेदवार मिलन लिम्बूले १५०९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५८६९ मत ल्याएका छन् । अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट खड्का दोहोरिएर उम्मेदवार बनेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे