
काठमाडौँ, कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई बयानका रुपन्देही लगिएकोमा मंगलबार बयान नसकिएपछि भैरहवामै राखिएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो। तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लामिछानेसँगै अन्य व्यक्तिहरूलाई पनि बुटवल स्थित सुप्रिम सहकारी संस्थाको बचत रकम र ऋण हिनामिनाको आरोपमा पक्राउ गरिएको हो ।
बयानका लागि गोर्खा मिडिया, सहकारीको रकम हिनामिनालगायतका ७० वटा प्रश्न तयार गरी बयान लिइएको रुपन्देही प्रहरी स्रोतले जनाएको छ । मंगलबार दिउँसो पोखराबाट लामिछानेलाई भैरहवा लगिने भएपछि रुपन्देहीको सुरक्षा ब्यवस्था कडा बनाइएको थियो । भैरहवा विमानस्थलबाट कडा सुरक्षा घेराबीच लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय पु¥याइएको थियो ।
मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजनीतिक पूर्वाग्रहले फसाइएको बयानका क्रममा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ।
सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको ठहर सहकारी ठगी छानविन समितिले गरेको थियो ।अनुसन्धानका क्रममा, उक्त सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ । त्यसमा लामिछानेको नामसमेत जोडिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे