
काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसङ्गतीहरु पनि निम्त्याइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले भने , बंगलादेशमा ११ प्रतिशतले वृद्धि भइरहेको थियो र पनि घट्ना घट्यो । नेपालमा त कुनैपनि बेला केही हुन सक्छ ।
बंगलादेशको घटनालाई सामान्य रुपमा लिन नमिल्ने उनको तर्क थियो । उनले भने ,ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ। तर बंगलादेशको त्यो होइन। बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनैपनि बेला केही हुनसक्छ, त्यतातिर पनि शतर्क हुनुस्। किनभने सामाजिक सञ्जाल अहिल् एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ।’ उनले राज्यले युवा युवा वर्गलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने अवस्था आएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे