
काठमाडौँ , ७ फागुन । नेपाली अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् । छवि ओझासँग सम्बन्धविच्छेदको मुद्दा किनारा लागेपछि अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी हुन्।
अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले शिल्पाको संन्यास दीक्षाको भिडियो सामाजिक सञ्जालमा हालेकी छिन्। शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे