
काठमाडौँ , १८ चैत । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।
कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए ।
पूर्वसांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा ९एकीकृत समाजवादी० को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे