
काठमाडौं,असार २०। राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। पदबाट राजीनामा दिन बालुवाटार पुगेका ९रास्वपा० का मन्त्रीहरू त्यसै फर्केका छन्। बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले राजीनामा नदिएर फर्किएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘पछिल्लो राजनीतिक घटना क्रमको विषयमा छलफल प्रधानमन्त्रीसँग छलफल भयो। उहाँले संसदमा वर्तमान राजनीतिक परिस्थितिको म सामना गर्छु भन्नुभयो। मलाई केही कुरा जनतालाई भन्नु छ पनि प्रधानमन्त्री ज्यूले भनेपछि उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै तत्काललाई राजीनामा दिएनौं।’
प्रमुख सचेतक परियारले अर्को गठबन्धनामा नजाने समेत बताए । रास्वपाबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । यसअघि सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले बुधवार साँझ नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सामूहिक राजीनामा बुझाएका थिए।
बुधबार नै एमालेका आठ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे