
काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि इमान्दारसाथ काम गरिरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै आपत्ति जनाएका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेता सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुवा’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यो कुरा भने।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङलाई हटाउने विषयमा विरोध भइरहेको कुरा सन्दर्भ गर्दै तिललाई पहाड बनाउन खोजिएको बताएका छन्। उनले भने, “मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु। आइडोलोजी फरक हुन सक्छ, तर गन्तव्य एउटै हो—देश बनाउने कुरा हो।”
कुलमानलाई हटाएको विषयमा भइरहेको विरोधलाई ओलीले केही मानिसहरूको ‘त्यान्द्रो’ भनेका छन्। उनका अनुसार, केहि सानो विषयलाई ठूलो बनाएर विरोध भइरहेको छ।
प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति पनि प्रश्न गरे, “विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा एक अवकाश प्राप्त व्यक्तिलाई नियुक्त गर्नुभयो, तर पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो?” उनले थपे, “नियुक्ति गर्ने बित्तिकै उज्यालो आएको हो?”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे