
काठमाडौं, चैत २२ ।नेपाल टेलिकमले हालै पुरानो कपर प्रविधिमा आधारित रहेको आधारभूत टेलिफोन सेवालाई थप उन्नत फाइबर टु द होम (FTTH) प्रविधिमा स्तरोन्नति गरेको छ । यो स्तरोन्नति दूरसञ्चार कार्यालय सुन्धाराको कार्यक्षेत्रभित्रका सबै स्थानमा लागू गरिएको छ । मिति २०८०/१२/२२ मा सुन्धारामा आयोजित एक विशेष कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कपर टेक्नोलोजी टेलिफोन सेवा औपचारिक रुपमा बन्द गरे ।
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गरी फाईबर प्रविधिमा स्तरोन्नती गरेको सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे