
काठमाडौँ, भदौ ३१ । संसदीय छानबिन समितिले सहकारीको रकम अपचलनमा रवि लामिछानको संलग्नता रहेको निष्कर्ष निकालेको छ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ ।
नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो। समितिले सोमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ। प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा रहेको छ ।
सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा ९एमाले० का सांसद सूर्य थापा छन्। समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन्।सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्याएका थिए भने त्यसरी आएको रकम भने रविमार्फत खर्च भएको छ ।
कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ । रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएका छन् । कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको हो,’ .
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे