
काठमाडौँ , १८ वैशाख | राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा विजयी भएका एमाले उमेदवार सुहाङ नेम्वाङ हार्दिक बधाई दिएका छन् । लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,” इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङ जी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु। हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै क्ष ,द्यगत को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ “।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे