
काठमाडौँ , १७ असार – नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ । आइतवार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरिएको हो।
बैठकले श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले दलको नेता र प्रमुख सचेतक फेरेको छ । बैठकले प्रमुख सचेतकमा लालवीर चौधरीलाई चयन गरेको छ । लालवीर रेशम चौधरीका बुवा हुन् ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसमलाल चौधरीबिच पार्टी सञ्चालनका विषयमा मतभेद छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे