
काठमाडौं , १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। शुक्रबार रास्वपाका सांसदहरूसहित सिंहदरबार पुगेका लामिछाने र सभामुख घिमिरेबिच अहिले छलफल जारी छ।
प्रतिनिधि सभा बैठकअघि रास्वपा सांसदहरू सभामुख घिमिरेलाई भेट्न सिंहदरबार गएका हुन्। स ७ गते कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो। निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित लामिछानेले सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सभामुख घिमिरेलाई भेट्न गएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे