
काठमाडौँ, १८ चैत । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्। उनले सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय गरेका छन्। बैठक आज पार्टी कार्यालयमा दिउँसो ३ बजे हुनेछ।
पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालबाट धन्यवाद ज्ञापन हुनेछ र त्यसपछि दोस्रो बैठक पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा चल्नेछ।”
लामिछानेसहितको बैठकमा पार्टी र सदनका गतिविधिहरू बारे संक्षिप्त रिपोर्टिङ हुनेछ। यसका साथै, लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम, देशव्यापी जागरण र बहस, र अधिवेशन/महाधिवेशनको कार्यतालिका समेत छलफलका एजेण्डामा रहनेछन्।
पुस ८ मा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डोलप्रसाद अर्याललाई दिएको थियो। लामिछानेलाई २ कात्तिकमा सहकारीको रकम अपचलनको मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। अदालतले उनलाई धरौटीमा रिहा गरेपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे