
काठमाडौँ, जेठ २८ । भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर आज स्वदेश फर्किँदै छन् ।
भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोदरदास मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन् । सो समारोहमा भाग लिन जाने प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रधानमन्त्री दाहालकी सुपुत्री एवम् स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु रहने जनाइएको छ । भारतमा तेश्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् ।
आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतकाबीचमा विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनको विषयमा समेत विचार विमर्श भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे