
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेलाई नेपाली जनताका लागि अत्यन्तै महत्वपूर्ण दिनको रुपमा व्याख्या गरेका छन्। बुधबार प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनताले जहानिया शासनविरुद्ध संघर्ष गर्दै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, “फागुन ७ गते हामी नेपालीहरूको जीवनमा सबैभन्दा महत्वको दिन हो, जस दिनले हामीलाई रैतीको स्थिति बाट जनताको दर्जामा पुर्यायो। यो गौरवपूर्ण र ऐतिहासिक दिनको अवसरमा, म सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूलाई ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।”
त्यस्तै, उनले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठजस्ता सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, उनीहरूको बलिदानलाई सम्मान व्यक्त गरेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे