
काठमाडौँ , २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दै छन्। यस सम्मेलनमा सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गने छन् । । सम्मेलनको प्रारम्भ थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को स्वागत सम्बोधनबाट हुनेछ, जसपछि विभिन्न कार्यसूचीहरू प्रस्तुत गरिनेछन्।
यसपछि, बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रतिनिधिहरूले सम्बोधन गर्नेछन्। सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन्, र अन्तिममा शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
सम्मेलनको दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। यी सबै कार्यक्रम बैंककस्थित होटेल साड्ग्रिलामा हुनेछन्।
प्रधानमन्त्री ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी बिम्स्टेक शिखर सम्मेलनमा सहभागिता जनाएका छन्। सम्मेलनपछि, ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासको स्वागत समारोहमा सहभागी हुनेछन्। भ्रमण दलमा राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, र सचिव अमृत राई लगायतका अधिकारीहरू छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे