
काठमाडौँ , २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । उनी मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता गर्न बिहान ११स्३० बजे वीरेन्द्रनगर पुग्ने कार्यक्रम छ। दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे २ बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् । लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ । ३: ३० बजे विश्वविद्यालयको नयाँ भवनको उद्घाटन गर्नेछन्। उनको सचिवालयका अनुसार अपराह्न ४ बजे रंगशाला अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीको सुर्खेत भ्रमणमा विभिन्न शैक्षिक र सार्वजनिक कार्यक्रमहरू रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे