
काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककस्थित सरकारी भवनमा गार्ड अफ अनर प्रदान गरिएको छ।
बुधबार बिहान आयोजित उक्त कार्यक्रममा थाइल्यान्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले ओलीलाई स्वागत गरेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार ओलीले आज थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्ताका क्रममा संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। साथै, दुई देशका गैरसरकारी तथा व्यावसायिक संस्थाबीच छवटा सहमतिपत्र आदानप्रदान भएको छ।
सरकारी अधिकारीहरूले यस भ्रमणले नेपाल–थाइल्यान्ड आपसी सम्बन्ध विस्तार गर्दै सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे