
काठमाडौं ,२४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरू र महिला अधिकारकर्मीलाई शुभकामना व्यक्त गर्नुभएको छ। यस वर्षको दिवस “सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण” भन्ने नारासँग मनाइँदैछ।
राष्ट्रपति पौडेलले महिलाको हक र अधिकारको संरक्षण र प्रवर्द्धनमा समाजका हरेक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण र राजनीति जस्ता क्षेत्रहरूमा महिलाको समावेशी सहभागिता सुनिश्चित गर्न जोड दिनुभयो।
साथै, परम्पराका नाममा भइरहेको शारीरिक र मानसिक हिंसाका घटनाहरूलाई रोक्न थप प्रभावकारी कार्यक्रमको आवश्यकता पनि व्यक्त गर्नुभयो। उहाँले महिला सशक्तीकरणले मात्र समृद्ध राष्ट्र निर्माणको बाटो खोल्ने भन्दै, महिला विरुद्धका हिंसा, विभेद र उत्पीडनको अन्त्यमा सबैलाई योगदान पुर्याउन आव्हान गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे