
काठमाडौँ , ३० वैशाख | राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा। चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । नेपालले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत भएको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
उनले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णयको विरुद्ध अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे