
काठमाडौं, मङ्सिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार चीन प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण तयारीकै क्रममा चीन प्रस्थान गरेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेर शनिबार स्वदेश फर्किसकेकी छन् । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर चीन भ्रमणको तयारीबारे जानकारी गराएका छन् ।
मन्त्रालयले प्रधानमन्त्रीको कार्यालयसँग छलफल र परामर्श गर्दै आवश्यक कागजी दस्ताबेजहरूको व्यवस्थापनसँगै सम्भावित सम्झौताकारी निकायका उच्चाधिकारीसँग पनि परामर्शसँगै भ्रमण व्यवस्थित बनाउने प्रक्रिया अघि बढाइएको जनाएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे