
काठमाडौँ, भदौ ११ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर भएको बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ, गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो वहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो’उनले भने,‘तर, चालिस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ ।’
उनले अहिलेको सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकन गरेको भन्दै सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर रहेको आरोप लगाएका छन्। संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको उनले बताए। पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरुसमक्ष नजाने बताएका छन् ।
उनले भने, ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन ।’उनले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका नेताहरुलाई चुनौती दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे