
काठमाडौँ ,६ कात्तिक । पशुपतिनाथ बचाउ महाअभियानले गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको छ। मंगलबार, महाअभियानले पशुपति क्षेत्रमा सेतो कपडा राखेर यो कार्य थालनी गरेको हो। संयोजक कुमार बस्नेतले भने, “धर्मशाला हाम्रो भूमि हो, कुनै हालतमा नछाड्नेछौं।” उनले मारवाडीहरुको कामको विरुद्धमा सबै राष्ट्रवादी र देशभक्तहरुलाई एकजुट हुन आह्वान गरे।
पशुपति गौशाला धर्मशालाको स्वामित्व र सञ्चालनमा विवाद छ। ९ रोपनी ९ आना २ पैसा क्षेत्रफलको यस जग्गाको हक र सञ्चालनको विषयमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच संघर्ष भइरहेको छ। काठमाडौँ महानगरपालिकाले कोषको कदममा सहयोग गरिरहँदा विवाद झनै चुलिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विषयमा ६ सदस्यीय समिति पनि गठन गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे