
काठमाडौँ ,९ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् । काठमाडौंको चन्द्रागिरिमा हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसगँ संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले पक्राउको विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् ।
उनले भने , अदालती प्रक्रिया भन्ने बुझेको छु मैले , ‘बढ्ता हो(हल्ला गर्न जरूरी छैन।’ सिरोहियासगँ कुनै रिसिबी नरहेको उनले बताए । गृहमन्त्री व्यक्तिगत प्रतिशोधमा हो कि भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने, त्यो मान्छेले भन्ने कुरा मात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे