
काठमाडौँ , १६ जेठ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नेपाल सरकारले अघि सारेको अभियानलाई सघाउन प्रधानमन्त्री दाहालले आग्रह गरे । ’आरोहीहरूको हक हीतको निम्ति र उनीहरूको सुरक्षाको निम्ति आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ,’ प्रचण्डले भने, ’अर्थ मन्त्रालयसँग कुरा गरेर आरोही कल्याणकारी कोष बनाउने पहल हुनेछ । यस क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाको बारेमा ध्यानाकर्षण भएको छ ।’
सगरमाथा लगायतका हिमालहरू विश्वव्यापी जलवायु परिवर्तनका कारण देखिएको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौतीमा सबैको साथ आवश्यक रहेको उनले बताए । सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको साथै आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्राउने लक्ष्य रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे