
काठमाडौँ , २९ चैत | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।
बिहीबार विराटनगरमा स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री दाहालले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भन्ने मनशायले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको बताएका छन् । रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले सफल नभएपछि सहकारीको विषय उठाएर वर्तमान गठबन्धन तोड्न खोजेको तर्क व्यक्त गरे ।
उनले भने,‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन । मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’
नेपाली कांग्रेसले रवि लामिछानेलाई राजनीतिक इस्यु बनाएको आरोप लगाए । पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे