
काठमाडौँ , ३० माघ । संवैधानिक निकायमा असंवैधानिक रूपमा नियुक्त ५२ पदाधिकारीविरुद्धको रिट अब संवैधानिक इजलासमा पेसीमा चढेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत संवैधानिक परिषद् अध्यादेश जारी गरेपछि अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
पेसीमा चढेका अघिल्ला तीनमध्ये २ वटा मुद्दा स्थगित भएका छन्, जबकि अर्को एकको सुनुवाइ सकिएपछि संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा खाजापछि सुनुवाइ हुने छ। ५२ संवैधानिक पदाधिकारीविरुद्धका मुद्दामा १५ वटा निवेदन दायर भएका छन्।
ती सबै निवेदनलाई एकसाथ राखेर संवैधानिक इजलासमा सुनुवाइ गरिने छ। यसअघि न्यायाधीश हरि फुयालसमेत रहेका इजलासमा हेर्न नमिल्ने अवस्था भएको थियो। यसपटक भने न्यायाधीश फुयाल बाहेकको संवैधानिक इजलास गठन गरिएको छ। उक्त रिट अब संवैधानिक इजलासको पाँचौँ नम्बरमा परेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे