
काठमाडौँ, २० बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ ।
उनीमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो ।
सचिव पाण्डेमाथि आजैदेखि बयान लिने प्रहरीको तयारी छ।
पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए।
पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे